Feeds:
Posts
Comments

Posts Tagged ‘story’

‘पहिले असाध्यै माया गर्ने मेरा श्रीमान् अहिले मसित तर्किन्छन्’- यसरी चिन्ता गर्ने महिलाको संख्या धेरै छ । यो संख्या बढ्दो छ । वैवाहिक सम्बन्ध नजम्नुको एक मुख्य कारण बिहेइतरको प्रेमसम्बन्ध पनि हो । सम्बन्धविच्छेदको मूल कारण पनि बिहेइतरको प्रेमसम्बन्ध नै हो ।
श्रीमतीभन्दा अर्की महिला राम्री, मादक देखेर श्रीमान्ले बाहिर प्रेमसम्बन्ध राख्छन् भन्ने कतिपयको सोचाइ छ । तर, पुरुषको पर-स्त्रीगमनसम्बन्धी अध्ययन गर्ने एम गेरी न्युम्यानका अनुसार पुरुषले यौनका लागि वा अर्की महिला राम्री भएका कारण पर-स्त्रीगमन गर्दैनन् । भावनात्मक तथा आत्मीयताका लागि नै पुरुषले पर-स्त्रीगमन गर्छन् । आफ्नी श्रीमतीबाट भावनात्मक सम्बन्ध नपाएपछि पुरुष भौंतारिने उनको अध्ययनले देखाएको छ ।

श्रीमतीभन्दा अर्की महिला राम्री, मादक देखेर श्रीमान्ले बिहेइतर प्रेमसम्बन्ध राख्छन् भन्ने कतिपयको सोचाइ छ । तर, अध्ययनले देखाएको छ- श्रीमतीबाट प्राप्त हुन नसकेको भावनात्मक तथा आत्मीयताका लागि नै पुरुषले पर-स्त्रीगमन गर्छन् ।
तपाईंले आफ्नो वैवाहिक जीवनलाई सधैं जीवन्त राखिरहनु आवश्यक छ, किनभने वैवाहिक जीवन वाक्कलाग्दो र निरस हुन थाल्यो भने पुरुषहरू यथाशीघ्र पर-स्त्रीतर्फ आँखा लगाउन थाल्छन् । अतः आफ्नो वैवाहिक जीवनलाई रंगीन र मसालेदार बनाइरहनुहोस्, आफ्नो श्रीमान्सँगको सम्बन्धलाई निकट र आत्मीय बनाइरहनुहोस् । यति हुँदाहुँदै पनि पुरुषहरू पर-स्त्रीसँग सम्बन्ध राखिरहन र आफ्नी पत्नीलाई यसको पत्तोखबर नदिन माहिर हुन्छन् । यसो गर्दा पुरुषहरू दङदास हुन्छन् । तिनीहरूलाई जोखिम उठाइरहन र प्रतिस्पर्धा चलेको हेर्न निकै मजा आउँछ ।
न्युम्यानले दुई वर्षसम्म पुरुषहरू किन श्रीमतीलाई छोडेर अन्य युवतीसँग सल्कन्छन् भनेर अध्ययन गरे । यस क्रममा उनले श्रीमतीप्रति प्रतिबद्ध एक सय पुरुष र बिहेइतर सम्बन्ध भएका एक सय पुरुषको दुई वर्षसम्म अध्ययन गरे ।

यस अध्ययन-सम्बन्धमा उनले एउटा पुस्तकै लेखेका छन्- ‘ह्वाई म्यान चिट एन्ड ह्वाट यु क्यान डु टु पि्रभेन्ट इट ?’ उक्त पुस्तकमा उनले लेखेअनुसार पुरुषहरूले बहुस्त्रीगमन आफ्नी घरकी श्रीमतीभन्दा अर्की केटी स्लिम र राम्री भएका कारण गर्दैनन् । आफ्नी श्रीमतीबाट भावनात्मक रूपले पूण्रसन्तुष्ट हुन नसकेका अधिकांश पुरुषहरू पर-स्त्रीगमन गर्छन् ।

‘केवल आठ प्रतिशत पुरुषले मात्र श्रीमतीसँग यौनसन्तुष्टि पाउन नसकेर पर-स्त्रीगमन गरेको बताएका छन्’- पुस्तकमा उल्लेख गरिएको छ ।
श्रीमतीभन्दा ‘गर्लफ्रेन्ड’ राम्री वा स्लिम भएकाले उनीहरूको अफेयर चल्ने गरेको सत्य नभएको पुस्तकमा बताइएको छ । न्युम्यानका अनुसार कैयौं पुरुषले ‘गर्लप|mेन्ड’ श्रीमतीभन्दा राम्री वा आकर्षक नभएको बताएका छन् ।
न्युम्यान भन्छन्- ‘पर-स्त्रीगमन गर्नुको मुख्य कारण वैवाहिक जीवनमा आत्मीयता तथा भावनात्मक रूपमा असन्तुष्ट हुनु हो । उनीहरूले त्यो आत्मीयता तथा भावनात्मक सम्बन्ध पूर्ति गर्न अर्की महिलासँग जोडिन पुग्छन् ।’
न्युम्यानको अध्ययनअनुसार पर-स्त्रीगमन गर्ने ६९ प्रतिशत पुरुषले आफू कहिल्यै पर-स्त्रीगमन नगर्ने सोचेका थिए । तर, भयो उल्टो । आफ्नो असुरक्षाप्रति उनीहरू आफैं अचम्ममा परेको न्युम्यान बताउँछन् ।
‘केही तारिफ र प्रशंसाका लागि आफूले पर-स्त्रीगमन गरिएला भन्ने उनीहरूले सोचेका पनि थिएनन्’- न्युम्यान भन्छन् ।

पुरुषले गरेको पर-स्त्रीगमनको दोष श्रीमतीलाई दिन नमिल्ने उनी बताउँछन् । आफ्नो श्रीमान्लाई पर-स्त्रीगमनबाट रोक्न महिलाले धेरै उपाय अपनाउन सक्ने न्युम्यान बताउँछन् ।
‘यस अध्ययनबाट के थाहा भएको छ भने, श्रीमान् र श्रीमतीका बीच भावनात्मक सम्बन्धको विकास गर्नु एकदमै महत्त्वपूर्ण छ । यसले श्रीमान्-श्रीमतीलाई बाँधिराख्छ’- उनी भन्छन् ।
उनका अनुसार श्रीमान्को पर-स्त्रीगमन गरेमा निम्न संकेतहरू देखाउँछन् :
१. श्रीमान्ले घरबाट बाहिर धेरै समय बिताएमा
२. नियमित रूपले यौनसम्बन्ध नराखेमा
३. श्रीमतीसँग तर्कने खोजेमा
४. पहिलेभन्दा बढी आलोचना गर्न थालेमा
५. झगडा गर्न थालेमा
६. अर्की महिलाका बारेमा कुरा गर्न थालेमा
यस्ता संकेतहरू देखेमा श्रीमान्को बाहिरी ‘अफेयर’ छ भन्ने बुझ्न उनी श्रीमतीहरूलाई आग्रह गर्छन् । श्रीमान्सँग भावनात्मक सम्बन्ध राख्न उनी महिलालाई सल्लाह दिन्छन् ।

Read Full Post »