Feeds:
Posts
Comments

Posts Tagged ‘Jokes Of the Day’

Jokes Of the Day

फुच्चे सिस्नुपानी

जादुगर टिचर मिरोजः मम्मी मम्मी, थाहा छ हाम्रो क्लासमा आजदेखी जादुगरले पढाउन थाल्नुभएको छ नि ।
मम्मीः जादुगरले पढाउन थालेको छ रे ? के भन्छ यो ??
मिरोजः हो, क्या । होमवर्क नगर्नेलाई त्यो सरले भोली कुखुरा बनाउने रे ।
……………………………………………………………………………………………………………

प्रतिक्षाको घडी

प्रेमीः   बुझ्यौ, प्रतिक्षाको घडी एकदमै लामो हुँदोरहेछ ।
प्रेमिकाः राडो कम्पनीको किन्नु न, टाइम एकदम ठिक दिन्छ ।
………………………………………………………………………………………………………..

नामुद गुण्डाको छोरा

नामुद गुण्डा जंगबहादुरको छोरो परिक्षा दिएर घरमा फर्कियो ।
जंगेः अनि परिक्षा कस्तो भयो त ?
छोरोः तपाईको छोरो हुँ ड्याड, टिचरले मलाई तिनघन्टासम्म सोधपुछ गरे, तर मैले एकशब्द
पनि बताईँन ।

प्रचण्डले जित्दा

माओवादीले जित्यो । एकजना माओवादीमित्रलाई सोधें-’कमरेड अब गणतन्त्र आयो त ?’ उनले भने-’माओावादीले बहुमत ल्याएपछि नआउने त कुरैछैन नि ।’ मैले भनें-’आश गरौं तर भर नपरौं ।’ उनि जंगिए-’माओवादीप्रति भर नपरे कोसँग भर पर्नुहुन्छ त ? गणतन्त्र एक आयो, दुई आयो,तिन आयो ।’ मैले सोधें-’कसरी ?’ उनले भने-’सुन्नोस्,मछिन्द्रनाथको लिङ्गो ढल्यो, प्रचण्डको बिजय घोषणा गर्ने बित्तिकै कत्रो हावा हुण्डरी आयो देख्नु भएन ?’मैले भनें-’त्यो त देखें,तर हावा हुण्डरी आउनु र गणतन्त्र आउनु त फरक कुरो हो ।’ उनि जंगीए-’कसरी फरक हो लिङ्गो ढल्नु र प्रचण्डले जित्नासाथ हावाहुण्डरी चल्नु नै राजतन्त्रको दिन सकिनुको पुर्व संकेत हो हो हाम्रो धार्मिक बिश्सासपनि यही छ ।’ मैले सुझाव दिएँ-’तपाईंको वस्तुवादी बिश्लेषण र माक्र्सावादी मुल्यांकनलाई मैले मानें कमरेड । बरु हेडक्वाटरमा कुरा गरेर पार्टीको ‘आध्यात्म निकाय प्रमुख’ बनेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनोस् ।’ यति भनेर म लागें आफ्नो जोकालयतिर ।

गोर्खे अङ्ग्रेजी

तालुमा आलु फल्नु- Potato grows on head
हावाखानु – Eat The Air
टाउकोमा टेक्नु –Step on the head
नाक राख्नु –Put The Nose
हातपात गर्नु – Do hand and Leaf
नाक काट्नु –Cut The Nose
थाङ्नामा सुताउनु –Sleep on the Rags
ठाडो पुच्छर लाउनु –Make Vertical the tail
तोरीका फुल देख्नु –To see the Mustard oil
बाबुको बिहे देख्नु –To see the Father’s Marrige
धोती न टोपी हुनु –Neither Dhoti Nor topi
गोरु बेचेको साइनो –Ox selling relation
घैंटामा घाम लाग्नु –Shining the sun on the pot
ओए साले, मारि दिउँ-OI brother in law , Killun

यमलोकमा रेष्टुरेष्ट

नयाँ नयाँ खानाका परिकारहरु टेस्टगर्दै हिड्नेहरुका लागी एउटा नौलो प्रकारको रेष्टुरेन्ट खुलेको छ । सधैं एक प्रकारको लन्च डिनर के मज्जा हुन्छ । त्यही जाबो खसिको सेकुवा, त्यही जाबो चिकन बिर्यानी, त्यही जाबो मटन पिज्जा, त्यही जाबो बफ म म पोर्क पिज्जा, ढिंडो र गुन्द्रुक, देखी पिज्जा र रोष्ट ।एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्: कहिल्लै फर्किएर आउनु हुन्न ।
उल्लुको छोएलाः५० रुपैया प्रति प्लेट
भेज पकौडा (गोरुको तेलमा फ्राई गरिएको) प्लेटको १०० रुपैयां
स्यालको फोक्सो फ्राई, तितेकरेलाको झोलसाग …..सेटको असी
. गाड्यौलाको अचारः भ्यागुताको चेपागाँडाँ भुटेकोः थालको २५ रुपैया
गधाको पुच्छर फ्राईका साथमा बड्क्यौालाद्धारा निर्मित स्पेशल वाइनः घ्याम्पाको १५ तिन प्लेट झिंगा भुटनको साथमा चिराइतोको रस एक एक बोतल सित्थैमा !

एकपटक आफु खानोस् र अरुलाई पनि खुवाउनोस् ।
परेको हामी ब्यहोर्छौ, पैसा तपाईं तिर्नोस् ।

Read Full Post »