Feeds:
Posts
Comments

Posts Tagged ‘तालमा रोमान्स’



पोखरा आएपछि माइनफ्रेस र रोमान्सका लागि कुन ठाउँ रोज्ने – यसको जवाफ दिइरहनु पदैन सवैले सहजै भनिहाल्छन् फेवाताल । मन बहकाउने देखि युगल जोडीहरु सुस्ताउने एउटा गन्तव्य नै बनेको छ फेवाताल । स्वदेशी हुन या विदेशी फेवातालको कञ्चन पानीमा जलविहार नगरी र्फकदैनन् । प्रेम जोडीकालागि त वरदान नै सावित भएको छ फेवातालको रमझममा प्रेमालाप गर्नु । युगलजोडीहरु डुङ्गामा शयर गदै घण्टौ सम्म रंगिन संसारमा मदमस्त हुन पुग्छन् ।

स्थानिय मात्र हैनन मुलुकका विभिन्न भागबाट आउन देखि विदेशी जोडीहरु पनि डुङ्गामा मस्ती हुन लालायित हुने गरेका छन् । बाहै मास तन्नेरी जमात घण्टौ सम्म आँलिगनमा बाँधिएर डुङ्गामा मस्ती भएको सजिलै देख्न पाईन्छ । तालमा डुङ्गा फन्को लगाएर अलौकिक चरमानन्दमा भूल्न पाउँदा प्रेमि प्रेमिकाको मन झनै चंगा हुन्छ । डेटिङका लागि राजधानीबाट आएका एक युगल जोडी फेवातालमा सफर गदै प्रेम साटासाट गरिरहेका थिए ।

पक्तिकारले क्यामेरा अन गर्न लाग्दा उनिहरु हतास भए । ‘यो हाम्रो पर्सनल लाइफ हो पिल्स डन्ट टेक पिक्चर, उनीहरुले केही डराएको पारामा भन्दै थिए । हो त अहिले स्थानिय मात्र हैनन बाहिरबाट समेत रोमान्सका लागि फेवातालको डुङ्गामा शयर गरेर घण्टौ सम्म प्रेमको सागरमा निर्लिप्त हुने गरेका छन् । डुङ्गामा शयर गदै गरेका केही जोडीहरु त डुङ्गालाई छेउ लगाएर मनोरम रानीवनमा पुग्छ्न र माया साटासाट गर्छन् । यो दृश्य हेर्न यहाँ कुनै बार महिना कुर्नु पदैन । हरेक दिनजसो प्रेमजोडीको रोमान्स फेवातालमा सहजै देख्न सकिन्छ ।

खुलेको मौसम र कञ्चन फेवातालको पानीले झनै आकिर्ष गरिहाल्छ । कोही डुङ्गामा घुमेर मस्ती गर्छन त कोही तालको डिलमा बसेर । लेकर्साईडको पामे स्थित तालको छेउमा बसेर प्रेमालाप गर्ने जोडीहरु अझ बढी हुने गरेका छन् । अझै हिमाल छयाङ्गै खुलेको मौसममा फेवातालमा देखिने माछापुच्छ्रेको छायाले हरेकको मनलाई आल्हिदित तुल्याउछ । यो मौसमा झनै फेवातालमा झुम्नेहरुको झुण्ड बाक्लो हुन्छ । फेवातालमा देखिने यस्तो रोमान्चकारी दृश्य हेदै तालको छेउमा चुम्बनको वर्षा गराउने युवायुवति देखि व्यस्कहरु लिप्त हुन्छन् । तालमा रोमान्सका लागि केवल युवायुवति मात्र हैनन व्यस्क देखि पाकाहरु पनि लालायित हुने गरेका छन् । तर घुम्न देखि लिएर हरेक मनोरञ्जनका लागि तालको सफर धेरैलाई मन पर्छ । मनलाइ बहकाउन तालको चिसो हावा खादै विचरण गर्दा मन नै हल्का हुने अनुभव युवायुवतिहरुको छ ।

विवाहको मौसममा हनिमुन जोडीले झनै फेवाताल रंगिन बन्न पुग्छ । हनिमुनका लागि देश विदेशबाट आउनेहरुले फेवाताल र बेगनासतालाई नै रोज्ने गरेका छन् । पोखराको फेवाताल र लेखनाथको बेगनासताललाई त्यही भएर त धेरैले हनिमुन लेक रुपमा चिन्ने गर्छन् । चर्चित फुटवल खेलाडी वसन्त गौचनले काडमान्डौमा आफनी प्रेमिका संगै विवाह गरे । तर उनिहरु विवाह लगत्तै हनिमुनलाई लागि पोखरा हुइकिए । सो क्रममा उनिहरु फेवातालमा पनि भेटिएका थिए । सेल्रि्रेटी देखि र्सवसाधारण रोमान्चित हुदै यहाँ भित्रिए पछि तालको सफरलाई नै चुन्ने गर्छन् । फेरी कास्कीको पोखरा तालै तालको शहर पनि भनिन्छ । तालकै कारण पोखराको सुन्दरता झल्किएको हो । उता लेखनाथमा सात ताल रहेर पनि रमाइलो र रोमान्सका लागि बेगनास ताललाई नै धेरैले रोज्ने गर्छन् । मानिसको चहलपहल कम हुने वेगनास ताल प्रेमजोडीका लागि एकान्त र रमाइलो स्थल बनेको छ । बाहिरबाट पोखरा भित्रिनेहरुलाई पहिलो लोभ्याउने भनकै यहाँ अवस्थित सुन्दर तालहरु नै हुन । इजरायलबाट आएकी २१ वषिर्या युवति लिटाललाई पनि पहिलो पटक यहाँ पाइला टेक्दा तालहरुले लोभाएको छ । प्रेमजोडीका लागि तालमा रम्दै प्रेमालाप गर्नुको आनन्द नै छुट्टै हुन्छ उनले भनिन – तालको सुन्दरता संगै डुङ्गामा शयर गर्दा र्स्वर्गमै पुगे जस्तो महसुस भएको छ ।

तालमा डुङ्गा चढेर मात्र रमाइलो अनुभूति गदैनन् । कतिपय युवायुवतिहरु तालमा पौडी खेलेर रमाइलो गर्न चुक्दैनन् । तालको बिचमा रहेको बाराही मन्दिरमा पुगेर प्रेमजोडीहरु अटुट प्रेमको भाकल गर्न समेत फेवाताल नआई धरै पाउदैनन् । तालमा बोटिङ गर्न हरेका लागि उद्गम स्थल त भयो नै । विशेषतः युवायुवतिहरुलाई भावना साटनका लागि झनै उपयुक्त भएको छ ताल । सिरीरिरि ताजा हावा लिदै तालका बिचमा रम्न पाउँदाको जस्तो आनन्द अरु बेग्लै हुनर्ेगर्छ । झनै तालमा डुङ्गा खियाउदै दिनभर तालमै बिताउनेहरुको हुल पनि कम्ति हुदैन । डुङ्गा चालकले खियाएर ताल घुमाईदिन्छन् भने आफैले खियाएर पनि तालमा घुम्न सकिन्छ । भर्खरका अल्लारे युवतिहरु डुङ्गामा पानी छयाप-छयाप गदै पनि रोमान्समा भुल्छन् । कोही क्यामेराले एक अर्कौको तस्विर खिच्दै तालमा फन्को लगाउछन् । केही डुङ्गा चालकहरु डुङ्गामै युवायुवतिको प्रेमको नाममा गरिने अपाच्य क्रियाकलापले दिक्क पनि छन् । कहिलेकाही त युवायुवतिले हामीलाई उनिहरुले गर्ने क्रियाकलापले लज्जास्पद पनि तुल्याइदिन्छन्, एक डुङ्गा चालकले साप्ताहिक संग भने- रोमान्स पनि सिमा भन्दा बाहिरको हुन्छ ।

अर्कै तिर यस किसिमको कृयाकलापले कतिलाई त दिक्क पनि बनाएको छ । तर युगिन पुस्ताका तन्नेरी जमात भने यसलाई सहजै रुपमा लिन्छ्न । पश्चिमी मुलुक युरोप जस्तो त भएको छैन नि, हिमालीटोलका युवा हिमाल लिम्बु भन्छन् – तालमा स्वतन्त्र प्रेमको विचरण गदै रोमान्समा भुल्दा केही फरक पदैन । उनी मात्र हैन उनि जस्तै धेरै युवायुवतिहरु यस्तै विचार राख्छ्न । भर्खर प्रेमको डोरीमा बाँधिएका जोडी हुन या विवाह वन्धनमा जोडिएका जोडी उनिहरु पहिलो रोमान्स र रमाइलो फेवातालको वातावरण नै चुन्ने गर्छन् । यति विछट्टै मोहित पार्नुको पछाडी तालको सौर्न्दर्य त छनै झनै डुङ्गामा शयर गरी वरिपरिका हरियाली डाडाँकाडाको दृश्य मन र क्यामेरामा कैद गर्न पाउँदा जो पनि नतमस्तक बनिहाल्छन् ।

Read Full Post »