Feeds:
Posts
Comments

Posts Tagged ‘फुच्चीको कमाल’

एउटी १३ वर्षकी फुच्चीले घगडान व्यक्तिहरुलाई एसएमएस गर्ने कुरामा मात खुवाएकी छिन् । अमेरिकामा शनिबार आयोजित एसएमएस प्रतियोगितामा उनले आफूभन्दा ठूला उमेरका ३०० जनालाई उछिनेर २५ हजार डलर पुरस्कार हात पारिन् ।

जब कोही घोरिएर टेक्स्ट म्यासेज (एसएमएस) टाइप गरिरहेको हुन्छ, शायद तपाइँ उसको त्यो व्यवहारबाट पक्कै क्रूद्ध भएको हुनुपर्छ । यी १३ वर्षीया मोर्गन पोज्गरका बा-आमालाई पनि उनको नानीदेखि लागेको यो बानी रुचाउँदैन थिए । तर जब उनले न्यूयोर्कमा सबैभन्दा धेरै एसएमएस गर्नसक्ने व्यक्तिलाई पुरस्कृत गर्ने प्रतियोगिता भयो, उनले त्यसमा भाग नलिई रहन सकिनन् ।

प्रतियोगितामा उनले मोबाइलको सानो प्याडमा समेत बन्दूकका गोलीझैँ हात चलाउँथिन्, सबै वाल्ल परेर हेरिरहन्थे । यो पुरस्कार अन्त्यमा आफ्नै हातमा परेपछि मोर्गन अहिले खुशी छिन् ।

त्यसो त उनले यो प्रतियोगिता जित्न उनको विगतले पनि कम सघाएको भने छैन । उनले महिनाको २० अमेरिकी डलरको एउटा यस्तो प्याकेज लिएकी थिइन्, जसमा महिनाभरि ‘अनलिमिटेड’ टेक्स्ट पठाउन सकिन्थ्यो । उनले आफ्ना साथीभाइहरुलाई हरेक साढे पाँच मिनेटमा एउटा म्यासेट पठाउने गर्दथिन् । त्यति मात्र होइन, यसरी उनले एक महिनामा चार हजार टेक्स्ट पठाएर एसएमएस गर्नेहरुमध्ये सबैभन्दा छिटीका रुपमा गणनामा परिन् ।

उनले ४२ सेकेण्डमा १५१ शब्द मोबाइलमा टाइप गर्न सक्थिन् । यो प्रतियोगिता जितिसकेपछि उनी अहिले के भन्छिन् त – “हात गलेको छ, यति धेरै पैसा पुरस्कार पनि पाएकी छु । अब धेरै सपिङ गर्छु”, मोर्गनले भनिन् ।

यो प्रतियोगिता चाहिँ अमेरिकाको मोबाइल उत्पादक संस्था एलजी कम्पनीले आयोजना गरेको थियो । जसले ‘भी’ र ‘इन भी’ दुइ अलग मोबाइल बजारमा पठाएको छ । यो प्रतियोगिता चाहिँ यी दुइ मोबाइल सेटको प्रचार प्रसार गर्न आयोजन गरिएको थियो ।

Read Full Post »