Feeds:
Posts
Comments

Posts Tagged ‘Collage’

जनप्रिय क्याम्पस दिनभर तनावग्रस्त, क्याम्पस प्रमुखद्वारा राजीनामा
पोखरा, २९ मंसिरपोखरा उप-महानगरपालिका सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पस आइतबार दिनभर नै तनावग्रसत बन्यो।
क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन खोल्न दिनुर्पर्ने तथा क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी प्रारम्भिक कमिटीले गत सोमबारदेखि क्याम्पस गेटमा लगाएको ताला विद्यार्थीले पढ्न पाउनुर्पर्ने भन्दै फोडेपछि क्याम्पस तनावग्रस्त बनेको हो।
ती संगठनहरूले क्याम्पस गेटमा तालाबन्दी गरेपछि गत २३ गतेदेखि क्याम्पसमा पठनपाठन हुन सकेको थिएन। विद्यार्थीले गेटको ताला फोडेपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी समर्थित विद्यार्थी ताला खोल्ने विद्यार्थीमाथि आक्रमणमा उत्रिएपछि  विद्यार्थीबीच केही समय झडप भएको थियो। झडपमा १० जना विद्यार्थी सामान्य घाइते भएको बताइएको छ।
झडपपछि आक्रोशित अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी समर्थित विद्यार्थीले क्याम्पस प्रमुख सविता वैद्यको कार्यकक्षमा आगजनी गर्नुको साथै उहाँलाई कालोमोसो दलेका थिए।क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको आगोलाई दमकलको सहयताबाट समयमा नै नियन्त्रणमा लिइएका कारण सम्भाव्य ठूलो क्षतिबाट क्याम्पसको भौतिक संरचना जोगिएको थियो।
क्याम्पसमा असहज परिस्थित निर्माण भएको भन्दै क्याम्पस सुरक्षाका लागि सञ्चालक समितिले क्याम्पस प्रमुख वैद्यलाई राजीनामाको दबाब दिएपछि उहाँले सहायक क्याम्पस प्रमुख भोजराज ओझालाई निमित्त प्रमुख तोक्दै आउँदो पुुुस १२ गते हुने साधारणसभाले अनुमोदन गर्ने गरी आइतबार दिउँसो राजीनामा दिनुभएको छ।
तर क्याम्पस सञ्चालक समितिको आइतबार बसेको बैठकले क्याम्पसको प्रमुख राजीनामा स्वीकृत गरेको छ।सो बैठकले क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न दिने निर्ण्र्ाागर्दै विद्यार्थी कल्याणकारी क्लबको विघटन गर्ने समेत निर्ण्र्ाागरेको छ।
स्ववियुका लागि हाललाई नौ सदस्यीय तदर्थ समिति गठन गर्न दिने निर्ण्र्ाागर्दै विद्यार्थी संगठनहरूलाई समितिका लागि आ-आफ्ना प्रतिनिधिको नामावली सोमबार ११ बजेसम्मको समय तोकेको छ।
उता शैक्षिक संस्थामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बाहुवल प्रयोग गरी शैक्षिक वातावरण धमिल्याएको भन्दै नेपाल विद्यार्थी संघ कास्कीले आइतबार पोखरामा विरोध जुलुस पर््रदर्शन गर्‍यो।
चिप्लेढुंगाबाट सुरु भएको जुलुस पालिखेचोक, महेन्द्रपुल भीमसेनचोक हुँदै पुनः चिप्लेढुंगामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले थापाले बोल्नुभएको थियो।
यसैबीच नेपाल विद्यार्थी संघ कास्कीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी र्सवसाधारण जनताको लगानीबाट सञ्चालित पब्लिक क्याम्पसको भौतिक सामग्रीमा तोडफोड आगजनी र महिला क्याम्पस प्रमुखलाई हातपात गरी जबरजस्ती राजीनामा लिन लगाउने कार्यको निन्दा एवम् भर्त्सना गरेको छ। संघका जिल्ला अध्यक्ष झविन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा विद्यार्थीको स्वतन्त्रतापूर्वक पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न तालाबन्दी गर्ने र वाईसीएल र युथफोर्स लगाएर क्याम्पसका पदाधिकारीमाथि कुटपीट गर्ने कार्यप्रति संघको गम्भीर ध्यानाकर्षा भएको उल्लेख गरिएको छ।
नेपाली कांग्रेस कास्कीले पनि आइतबार नै एक विज्ञप्ति जारी गरी क्याम्पसमा गराइएको तोडफोड, आगजनी, क्याम्पस प्रमुख, अभिभावक र अध्ययनरत विद्यार्थीमाथि हातपात गरी शैक्षिक क्षेत्रलाई तहसनहस बनाइएकोप्रति पार्टीले गम्भीर ध्यानाकर्षा भएको जनाइएको छ।
सरकारमा रहेका पार्टी  भ्रातृ संस्थाबाट शैक्षिक क्षेत्रमा जबरजस्ती हमला गरी जनताको जिउधनको सुरक्षामाथि धावा बोल्दा पनि स्थानीय प्रशासन मूकदर्शक रहनु कानुनी राजको ठाडो उपहास भएको पार्टी भापति यज्ञबहादुर थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यसै गरी त्रिवि कर्मचारी संघ जनप्रिय क्याम्पस एकाइले पनि विज्ञप्तिमार्फ क्याम्पस प्रशासन र सञ्चालक समितिको भूमिका जिम्मेवारीपूर्ण्ा नहुँदा क्याम्पसमा अप्रिय घटना सिर्जना भएको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार भई वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गरिएको छ।

Read Full Post »