Feeds:
Posts
Comments

Posts Tagged ‘किशोर किशोरीमा बढ्दो’

केही वर्षयता काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न सहरमा किशोर किशोरीका बीचमा बढ्दो असुरक्षित यौन क्रियाकलापका कारण प्रतिदिन बढ्दो रूपमा रहेको एचआइभी/एड्सको सङ्क्रमणले झन विस्फोटक रूप लिन सक्ने देखिएको छ । एचआइभी / एड्सलगायतका यौनजन्य सङ्क्रमणहरूको खतराका बारेमा हाल व्यापक रूपमा प्रचार एवम् चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए तापनि सुरक्षित यौन सम्पर्कका उपायहरूको उपलब्धता एवम् युवा वर्गको व्यवहारमा परिवर्तन ल्याउने किसिमका ठोस कार्यक्रम सरोकारवाला एवम् सरकारद्वारा अवलम्बन गर्न नसकिँदा ठूलो सङ्ख्याका किशोर किशोरी जोखिममा परिरहेका छन् ।

एक तथ्याङ्कले नेपालका किशोर किशोरीमध्ये ६४ प्रतिशतले १७ वर्षपुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको देखाएको छ । यति ठूलो सङ्ख्यामा यौन क्रियाकलापमा संलग्न जनसङ्ख्यामा गरिएको र्सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्र आफ्नो पहिलो यौन सम्पर्कमा कण्डमको प्रयोग गरेको अनुभव सुनाएका छन् । यी किशोर किशोरीमध्ये आधाजति किशोरले एकभन्दा बढी केही साथीसँग यौन सम्पर्क गर्ने गरेको बताएका छन् भने एक तिहाइ किशोरीका पनि दुइ वा सोभन्दा बढी केटा साथीसँग यौन सम्पर्क गर्ने गरेका छन् ।

हुनत नेपालमा कम उमेरमै विवाह गर्नेको जनसङ्ख्या पनि कम्ती छैन । नेपालको पछिल्लो जनसङ्खयाअनुसार १० देखि २४ वर्षउमेर समूहका नागरिकको जनसङ्ख्या कुल जनसङ्ख्याको एक तिहाइ अर्थात् ३३ प्रतिशत रहेको छ । यो उमेर समूहमध्ये ४० प्रतिशतभन्दा बढी किशोरीले १९ वर्षम्ममा विवाह गरिसक्छन् भने किशोरको विवाह उमेर त्यो भन्दा केही बढी छ । तर विवाह अगावै यौन सम्पर्क राख्ने किशोरको सङ्ख्या २२ प्रतिशतभन्दा बढी रहनु र तिनीहरूको यौन सम्पर्क गर्ने केटी साथीहरू कम्तीमा दुई र सो भन्दा बढी हुनु तथा यी मध्ये पनि पहिलो पटकको यौन सम्पर्कमा १५ प्रतिशत मात्रले कण्डमको प्रयोग गर्नुले जोखिमपूर्ण ढङ्गले यौन क्रियाकलापहरू मौलाइरहेको देखिन्छ ।

नेपाल परिवार नियोजन सङ्घका निर्देशक के.पी बिष्टद्वारा ललितपुरमा आयोजित युवा र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रममा नेपालका युवाहरू यसरी असुरक्षित एवम् जोखिमपूर्ण रूपमा यौन सम्पर्कमा संलग्न हुने गरेकाले उनीहरुलाई आवश्यक परामर्श र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने उल्लेख छ । यसरी बढ्दो असुरक्षित यौन सम्पर्कले गर्दा यो उमेर समूहका किशोर किशोरीमा असुरक्षित गर्भपतनको समेत समस्या उत्पन्न हुने गरेको पाइएको छ । नेपालमा वैधानिक मानिएको गर्भपतन सेवा लिनेमध्ये कम्तीमा पाँच प्रतिशत किशोरीहरु पाइएको पनि एक तथ्याङ्कले देखाएको छ ।

एचआइभी सङ्क्रमणलाई रोक्ने सबैभन्दा प्रभावकारी र र्सवसुलभ माध्यम कण्डमको प्रयोग नै हो तर यो साधनको प्रयोग जसरी र्सवसुलभ छ भनेर प्रचार गरिएको छ त्यसरी भने आम र्सवसाधारणले प्रयोग गरेको पाइँदैन । नेपालमा परिवार नियोजनका साधनको प्रयोग गर्ने नागरिकको जनसङ्ख्या ४८ प्रतिशत रहेका भए पनि कण्डमको प्रयोग गर्ने भने पाँच प्रतिशत मात्र पाइन्छ । त्यसैले एचआइभी सङ्क्रमणलाई रोक्न सकिने सबैभन्दा प्रभावकारी र र्सवसुलभ मानिएको कण्डमको प्रयोगलाई सहज बनाउन सकिएमा यस्तो जोखिमपूर्ण रहेका यौन क्रियाकलापहरुलाई कम खतरायुक्त बनाउन सहयोग मिल्ने थियो ।


Read Full Post »