Feeds:
Posts
Comments

Posts Tagged ‘डेटिङ’



<!–

–>

सुजित र शितलको प्रेम फक्रिएको पनि एक वर्षवितिसकेको छ । उनिहरु दुवै जना आजभोलि डेटिङका लागि सराङकोट पुग्ने गर्छन् । मुसुक्क्क मुस्कुराएको सेतो हिमाल हेदै उनिहरु मायाको भिन्नै संसारमा रमाइरहेका हुन्छन् । अहिले उनिहरु जस्तै युगल जोडीहरु यसरी नै नया र एकान्त स्थल खोज्दै हिडछन् ।

डेटिङका लागि पोखराको लभ्ली हिल, सराङकोट, लेकर्साईड पारीको डाडो पामे उपयुक्त मानिन्छ । यी ठाउँमा प्रेमका जोडीहरु प्रेमालाप र रोमान्समा मस्त भएका भेटिन्छन् ।
समयको अप्रत्यासित परिवर्तन संगै अहिले आएर मायाप्रेमले ठुलो महत्व पाउदै गएको छ । भर्खर प्रेममा वाँधिन लागेका जोडीहरु हन् या प्रेमलाई साकार रुपमा वनाइसकेका जोडीहरु नै किन नहुन उनिहरुलाई एकान्त र मनमोहक वातारण नै चाहिन्छ । त्यही भएर त डेटिङका लागि उनिहरु यस्तै स्थानहरुको खोजी गदै हिडने गरेका छन् । तर आजभोलि डेटिङ जान प्रेमी प्रेमीका मात्र हुनु पदैन । मन मिलेपछि जो संग पनि जाने चलन व्यापक रुपमा चलेको छ । आफनो नाम छिपाउदै एक तन्नेरीले भने- म त मन मिलेपछि जो संग पनि डेटिङमा जान्छु ।

यस्तो ठाउँमा कसैले देख्छ भन्ने डर त्रास केही हुदैन । दिल फुकाएर एक अर्काको भावना साटन पाईन्छ । एकान्त र रमाइलो वातावरणमा प्रेमका कुरा गर्न पाउदा युवायुवतिहरु मख्ख हुन्छन् । यस्तो वेला प्रेमजोडीले नूतन अनुभूति गर्छन् । आफुले आफुलाई भुल्ने गर्छन् । संसार नै विर्सिएको अनुभव गर्छन् । ‘सुन्दर र एकान्त स्थल डेटिङका लागि उपयुक्त हुने गरेको छ’, स्थानिय मोडल राजेश वस्नेत भन्छन्-डेटिङ विनाको प्रेम सफल पनि हुन सक्दैन । अहिले प्रेमका पुजारीहरुलाई डेटिङ जानु अनिवार्य भएको छ । वाध्यता नभएर अनिवार्य भएको छ उनिहरुलाई । त्यसो त डेटिङको समय मिलाउन पनि सजिलो छ उनिहरुलाई । मोवाइलकै भरमा उनिहरु आफनो डेटिङ समय मिलाउछन् । मोवाइल फोनले धेरैलाई यस्तो सुविधा दिएको छ । शहरी अस्तव्यस्त र कोलाहलवाट टाढा एकान्त खोज्नु प्रेमजोडीका लागि नौलो होइन पनि । पोखरा आफैमा सुन्दर छ । फेरी डेटिङका लागि प्रयाप्त ठाउँहरु पनि यहाँ उतिकै छन् ।

लेकसाइड, वेगनासताल, रुपातालमा पनि डुङ्गाको शयर गर्ने प्रेमजोडीहरु निकै भेटिन्छन् । डुङ्गा शयर गदै उनिहरु आफनो अंकुराएको प्रेमलाई सफलिभुत वनाउछन् । डाँडाकाँडामा पुग्नेहरु झाडीमा पुगेर माया साटा- साट गर्छन् । अंगालोमा वाधिएर स्वणिर्म भविष्यको कल्पनामा चुलूर्म्म डुव्छन् । क्षणिक प्रेम गर्नैहरुले डेटिङलाई सेक्सको रुपमा मात्र उपभोग गर्नै गरेका छन् । यौन आनन्दका लागि प्रेम गर्नैहरुले डेटिङलाई गलत अर्थको रुपमा लिन्छन् । जसले जे अर्थ लगाए पनि अधिकांश युवायुवतिले भने डेटिङलाई प्रेमको प्रतिक को रुपमा लिने गरेका छन् । डेटिङ विनाको प्रेम खल्लो हुने अनुभव प्रेमका पारखीहरुको छ । यो थर्थाथ पनि सावित भएको छ आधुनिक पुस्ताका प्रेमजोडीहरुलाई ।

पोखरामा डेटिङ जाने परम्पराले त्रि्रता पाएको छ । युवायुवति एवं नवविवाहित जोडीहरु पनि एकान्त स्थलको खोजी गदै हिडने गरेका देखिन्छन् । एकान्तमा जानेहरु अर्कौतिर असुरक्षित पनि हुने गरेका छन् । चिहाएर वस्नेहरु उनिहरुको एकान्त भंग गर्न हरेक प्रयत्न गर्छन । कुनै डेटिङ स्थलमा मारपिट समेत हुने गरेका छन् यहाँ ।

यही कारणले डेटिङका लागि उपयुक्त स्थलहरु असुरक्षित समेत वन्दै गएका छन् । तर पनि डेटिङ स्थल पुग्नेहरुको कमि आएको छैन । ‘हनिमुन’ को शहरको रुपमा चर्चा पाएको पोखरा नगरीका रमाइला र एकान्त ठाउँमा झुम्मिने प्रेमजोडीहरुले यसलाई पृष्ठि पनि गरिदिएको छ ।

स्थानिय मात्र होइनन मुलुकका विभिन्न भागवाट पनि युगलजोडीहरु आफनो प्रेमलाई वलियो पार्न डेटिङ स्थल यही ठाउँका एकान्त खोज्दै आइपुग्छन् । डेटिङका सगै हनिमुन मनाउनका लागि पनि नविवाहित जोडीहरु रमाइलो र सुन्दर ठाउँको खोजी गदै यही आउने गर्छन । ‘डेटिङको नाममा विकृतिलाई प्रश्रय दिनुहुदैन,’ लोकगायक पुरुषोत्तम न्यौपानेको धारणा छ ।

Read Full Post »