Feeds:
Posts
Comments

Posts Tagged ‘नेपाली चलचित्रको पहिलो’

● शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र ‘मनको बाँध’ हो ।
● नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र ‘सिन्दुर’हो । यसका निर्देशक प्रकाश थापा हुन् ।
● नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र ‘चोखोमाया’ यसका निर्देशक रविविक्रम शाह हुन् ।
● नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र ‘प्रतिक्षा’ हो ।
● नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र ‘रक्षा’ हो । यसका निर्माता-निर्देशक प्रेम बानियाँ हुन् ।
● काठमाडौं उपत्यकाका विभिन्न हलहरुमा संयुक्त रुपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र ‘सिन्दुर’ हो । यसका निर्देशक प्रकाश थापा हुन् ।
● नेपाल भाषा (नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो – सिलु  । २०४४ सालमा यसको प्रथम प्रदर्शन भएको हो । यसका निर्देशक प्रदीप रिमाल हुन् ।
● रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र ‘कुसुमे रुमाल’ हो । यसका निर्देशक तुलसी घिमिरे हुन् ।
● बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र ‘गोपीकृष्ण’ हो । यसका निर्देशक उद्धव पौडेल हुन् ।
● कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र ‘भाउजू’ हो । यसका निर्देशक राजेन्द्र शलभ हुन् ।
● हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र ‘माउते दाई’ हो । यस चलचित्रका निर्देशक युवराज लामा हुन् ।
● बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र ‘प्रेमपिण्ड’ हो । यसका निर्देशक यादव खरेल हुन् ।
● पहिलो नेपाली गीति-चलचित्र ‘गौथली’ हो । यस चलचित्रका निर्देशक वसन्त श्रेष्ठ हुन् ।
● आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो नेपाली गीति चलचित्र ‘आदिकवि भानुभक्त’ हो । यसका निर्देशक यादव खरेल हुन् ।
● लिम्बु समुदायको ‘रूपौली सुनौली प्रथा’ मा आधारित भई बनाइएको चलचित्र ‘नुमाफुङ’ का निर्देशक को हुन् – नवीन सुब्बा । लिम्बू संस्कृतिमा आधारित दोस्रो चलचित्र ‘वसन्त ऋतु’ हो । ‘वसन्त ऋतु’ चलचित्र सिक्किममा बनेको हो ।
● महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’ मा आधारित चलचित्रमा मुना र मदनको भूमिका क्रमशः दीपक त्रिपाठी र उषा पौडेल निभाएका छन् ।
● नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ का निर्देशक डी बी परियार हुन् । डी बी भनेर दिव्य विक्रम बुझिन्छ । ‘सत्य-हरिश्चन्द्र’ को प्रथम प्रदर्शन २००८ साल भदौ ३० गते भएको थियो । यो चलचित्र भारतमा बनाइएको थियो ।
● अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र ‘गोपी कृष्ण’ हो । यसमा राजेश हमाल नायक थिए ।
● नेपालमै बनेको पहिलो पौराणिक चलचित्र ‘श्री स्वस्थानी’ हो । यो २०५२ मा बनेको हो । निर्देशक गरेका थिए – यादव खरेल ।
● नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र ‘आमा’ हो । यो २०२२ मा बनेको हो । ‘आमा’ बन्नुअघि दार्जिलिङमा बनाइएको तर रिलमा आगो लागेर ध्वस्त भएको चलचित्र ‘सपना कतिपय’ हो । निर्देशक प्रताप सुब्बा थिए ।
● आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक – शिवशंकर मानन्धरलाई मानिन्छ ।
● आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायिका – भुवन चन्दलाई मानिन्छ ।
● जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र ‘वीर गणेशमान’ मा युवा गणेशमानको भूमिका निर्वाह गर्ने युवक – रामकृण महर्जन हुन् ।
● नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ (२०२२-२३) हो । निर्देशक बी एस थापा हुन्। माइतीघरपछि बनेको अर्को नीजि क्षेत्रको चलचित्र ‘जुनी’ (२०३९-४०) हो ।
● नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार – शान्ति ठटाल हुन्। चलचित्र- परालको आगो (२०३४) हो ।
● नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला शान्ता नेपाली हुन् । उनले नृत्य निदर्शेन गरेका चलचित्र ‘बाँसुरी’ (२०३७-३८) हो ।

Read Full Post »