रेखा थापालाई अहिलेसम्मकै सबैभन्दा हट नायिकाका रुपमा चिनिन्छ । उनले नेपाली चलचित्रमा उदारतापूर्वक गर्ने गरेको अङ्ग प्रदर्शनलाई आधार मानेर यस्तो भनिएको हो । तर उनी पर्दामा देखिएझैँ खुला मनकी चाहिँ छैनन् । उनी सेक्सलाई संयमित रुपमा प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्छिन् । यस्तो धारणा हालै एउटा पत्रिका छायाँछविमा प्रकाशित भएको छ । उक्त पत्रिकामा छापिएका केही महत्वपूर्ण अंशहरु जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।
सेक्स के हो ?
धेरैले भनेजस्तो यो ‘बायोलजिकल नीड’ होइन । यसको अर्थ म ‘कोल्ड’ छु भन्न खोजेको पनि होइन । सेक्स नभए पनि बाँच्न सकिन्छ भन्ने मलाई लाग्छ । मैले धेरैजनालाई देखेको छु, जो सेक्स नै ठूलो कुरा हो भन्छन् र यसका लागि मरिहत्ते गर्छन् । तर म त्यो पक्षमा छुइनँ ।
सेक्सलाई कस्तो र कुन अवस्थामा परिपूर्ति गर्नुपर्छ जस्तो लाग्छ ?
सेक्सलाई प्रत्येक दिन ‘युज’ गरिरहने मेरा साथी सर्कल छन् । तर मेरो विचारमा सेक्स महिनामा एक पटक वा त्यस्तो हुन सकेन भने हप्तामा एक पटक गर्दा चाहिँ हुन्छ ।
सेक्सले मान्छेलाई इनर्जेटिक बनाइराख्छ भन्छन् नि ?
मलाई त सेक्सले झन् बढी अल्छी बनाउँछ जस्तो लाग्छ । त्यसैले अल्छी लागेको बेलामा सेक्स गर्नुभन्दा मूड फ्रेस भएको बेला सेक्स गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।
वेश्यावृत्तिलाई मान्यता दिनु पर्छ कि पर्दैन ?
मेरो निजी धारणामा चाहिँ दिनु पर्छ किनभने वेश्यावृत्ति अहिले पनि भइरहेको छ तर अव्यवस्थित छ । व्यवस्थित तरिकाले गर्दा सेफ हुन्छ र सरकारलाई कर पनि आउँछ । अर्को कुरा यसको व्यवस्थापन भयो भने देशमा बलात्कारका घटनामा कमी आउँथ्यो कि जस्तो लाग्छ । यस हिसाबले यौन पेशामा लाग्ने महिलाहरु समाजसेवी हुन् भन्न मन लाग्छ ।
आफूले चाहेको बेलामा सेक्स गर्ने अवस्था बनेन भने त्यसको वैकल्पिक उपाय के अपनाउनु हुन्छ ?
हा…हा…हा… । खै मलाई त्यसबारेमा थाहा भएन । मलाई त्यस्तो महसूस भएको छैन । त्यस्तो महसूस भयो र मैले वैकल्पिक उपाय अपनाएँ भने मैले यस्तो गरेको थिएँ भनुँला नि, है !
नेपाली दर्शक र सिने क्षेत्रमा तपाइँलाई हट नायिकाको रुपमा चिनिन्छ । अहिले अन्तरवार्तामा चाहिँ कोल्ड नायिका भनिरहनु भएको छ, कसरी पत्याउनु ?
म बाहिरी रुपमा अत्यन्तै सेक्सी देखिन्छु भनेर भन्छन् । पर्दामा जे देखिन्छ, त्यो वास्तविकता नहुन पनि सक्छ । पर्दामा त म कुनै चरित्रको प्रतिनिधित्व मात्र गरिरहेको हुन्छु । त्यसैले वास्तविक जीवन र पर्दाको जीवनमा त फरक भइहाल्छ नि !
तपाइँलाई सबैभन्दा सेक्सी लाग्ने आफ्ना अंग के हुन् ?
मेरा सेक्सी अंग भनेका आँखा र ओठ नै हुन् । म आफैँलाई मन पर्छन् ।
नेपाली कलाकारमा सबैभन्दा सेक्सी को लाग्छन् ?
दुर्भाग्य, मेरो नजरमा कोही नायक पनि सेक्सी छैनन् ।
संसारभरकै नायक नायिकामा चाहिँ ?
हडिउडका ब्राड पिट र जेनिफर लोपेज चाहिँ सेक्सी लाग्छन् ।
नेपाली चलचित्र उद्योगमा एक नम्बरी एक्सपोजर निर्देशक को हुन् ?
वसन्त श्रेष्ठ । उहाँले एक्सपोज गर्ने पार्ट नै हिप हो ।
आजसम्म हाम्रो उद्योगमा सेक्सलाई केन्द्रबिन्दु बनाएर कुनै फिल्म बनेका छैनन्, किन होला ?
म पनि यस छक्क छु, किन नबनेका होलान् ! आँट नभएर नै हो कि !
कुन हदसम्म एक्पोज गरिएका फिल्म खेल्ने विचार छ ?
म बेड सिन दिने पक्षमा छैन र माउथ किस पनि दिन्न । किनकि नेपाली समाज उति उदार भइसकेको छैन । तर फेसियल एक्सप्रेसन र अन्य सटहरुको सवालमा म धेरै चिज दिनसक्छु जस्तो लाग्छ ।
तपाइँको फ्यानले छेउमै आएर अकस्मात सेक्सको प्रस्ताव राख्यो भने तपाइँको प्रतिक्रिया के हुन्छ ?
मेरा फ्यानको सवालमा एक जनाले मेरो गालामा म्वाई खाएको र अर्कोले ओठैमा चुम्बन गरेको अनुभव पाएँ । तर अहिलेसम्म सेक्स प्रस्ताव चाहिँ कसैले राखेको छैन । यदि कसैले त्यस्तो प्रस्ताव राख्यो भने के प्रतिक्रिया हुन्छ, अहिले नै त मलाई थाहा छैन । किनभने त्यसबेलाको सिचुएशन के हुन्छ, कसलाई के थाहा ?
verry hot …………. may be her mentality is some thing wrong……………………..
she need only money so ……………………
Who says she is hot? if she is hot she won’t get married with an oldman. and next thing what is hot on her?
little nude hudai ma hot huncha? check her height and body kum dekhi ghuda samma ustai chha ani ke hot?
nepali ko manasikta nai ali kamjor ho ki? sex ko mamla ma ke.
anyway keep it up and saying her sexy.